कर्णाली । गत असार २० गते बिहीवार खोलाले बगाएको काठे पुल निर्माण भएको छ। खोला बढेर काठे पुल बगाएको एक महिनापछि काठे पुल निर्माण भएको हो।
खोलाले काठे पुल बगाएपछि सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिका सम्बन्ध टुटेको थियो। काठे पुल नहुँदा सिमकोटदेखि उत्तरी हिल्सा नाकासम्म र हिल्सा नाकादेखि सदरमुकाम सिमकोटसम्म सवारी रोकिएका थिए।
काठे पुल निर्माण भएपछि सावरी चल्न थालेको हिल्सा सिमकोट सडक योजना कार्यालय हुम्लाका निमित्त योजना प्रमुख इन्जिनियर ओमप्रसाद कुहारले जानकारी दिए।