हुम्ला । कोरोना महामारीले बन्द भएको हुम्लाको चंखेली गाउँपालिका-५ स्थित चीनको सीमासँग जोडिएको टाँके नाका अझै खुल्न सकेको छैन। चीनसँग जोडिएको टाँके नाक नखुलेपछि चंखेली गाउँपालिका-५ का नागरिकहरूलाई दैनिक उपभोग्य वस्तु आयत-नियातमा समस्या भएको छ।
टाँके नाका नखुल्दा दैनिक उपभोग्य वस्तु,विकास निर्माणका सामानहरू नियातमा समस्या भोग्नु परेको चंखेली गाउँपालिका-५ चक्रबहादुर तामाङले जानकारी दिए। नाका नखुल्दा जिविको पार्जनमा चंखेलीबासीलाई समस्या भएको तामाङले बताए। टाँकोनाकाबाट नुन,तेल,लुगाकपडा,खाद्यान्न चीनबाट नआएको पाँच वर्ष भइसकेको चंखेली गाउँपालिका-५ का दलवीर तामाङले बताए।
जननिर्वाचित जनप्रतिनिधिहरूले नै नाका खुलाउन पहल नगरेपछि चंखेली गाउँपालिकाबासीहरू मर्कामा परेको तामाङको भनाइ छ। नाका खुल्ने आशैआशमा चंखेली गाउँपालिका पर्खेर बसेको तामाङले भने । टाँके नाका पाँच वर्षदेखि नखुल्दा चंखेली ,सर्केगाड,अदानचुली,ताजाकोट गाउँपालिका नागरिकहरूलाई समेत असर परेको छ।