सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि भाैतिक तथा सहरी विकास मन्त्रालयलाइ प्राथमिकतामा राखेर बजेट ल्याएकाे छ। आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले प्रस्तुत गरेकाे बजेट वक्तव्यमा भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयलाई १० अर्ब ४६ करोड विनियोजन गरिएको छ ।
सामाजिक विकास मन्त्रालयका लागि ५ अर्ब ७२ करोड विनियोजन गरिएको छ ।
भूमि, व्यवस्था, कृषि मन्त्रालयका लागि १ अर्ब ८६ करोड बजेट विनियोजन गरिएको छ ।
जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका लागि २ अर्ब ८६ करोड रकम विनियोजन गरिएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि १ अर्ब ९४ करोड विनियोजन गरिएको छ।
कानुन मन्त्रालयलाई २९ करोड ६४ लाख विनियोजन गरिएको छ ।