सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ मा मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रमका लागि १० करोड विनियोजन गरेकाे छ।
आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले विद्यालयमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण सिकाईको सुविधा बिस्तार गर्न बजेट विनियोजन गरिएको जानकारी दिए।