सुर्खेत। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी बजेट किताव बोकेर सदन तर्फ प्रस्थान भएका छन्।
आज आर्थिक वर्ष २०८१-८२ को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गर्दैछन्। त्यसका लागि ३ बजे प्रदेश सभा बैठक आव्हान गरिएको छ।
मन्त्रिपरिषद बैठक बाट बजेट पारित गरे लगत्तै मन्त्री केसि बजेट झोला लिएर सभा तर्फ हिँडेका हुन।
प्रदेश सरकारले ३० देखि ३२ अर्ब बीचको आकारमा बजेट ल्याउने जनाइएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार मन्त्रालयगत बजेटको सिलिङ घटाइएकाले बजेट पनि घटेर आउने छ ।