लुम्बिनी । पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ झडुलामाई मन्दिर घुम्ती नजिक यात्रुवाहक बस र आँप बोकेको पिकअप एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान साढे ५ बजे तिर काठमाडौंबाट सुर्खेत आउदै गरेको क.प्र.०२–००१ख०५२५ नम्बरको बस र चन्द्रौटाबाट बुटवल जाँदै गरेको लु१च ९२८४ नम्बरको जिप एक आपसमा ठोक्किँदा शिवराज नगरपालिका–६ बस्ने पिकअप चालक ३३ वर्षीय हिरालाल बढईको घटनास्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निरीक्षक अनिश भण्डारीले बताए ।
पिकअपमा च्यापिएका चालक बढईको २ घण्टापछि उद्धार गरिएको थियो । पिकअप सहचालक र बसका ८ घाइतेको गोरुसिंगेस्थित नीजि पोलीक्लिनिकमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ ।