दैलेख । दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
आज बिहान १०ः३० बजे ४.१ रेक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले जानकारी दिए ।
उनले भने,“दैलेखको नेपा आसपास भएर कम्पन गएको तथा यसबाट खासै क्षति नभएको ठानेका छौं, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन ।”