कर्णाली। यार्सागुम्बु संकलनका लागि डोल्पा पुगेकी रुकुम पश्चिमकी एक युवतीको मृत्यु भएको छ । आठबिसकोट नगरपालिक-४ गोतामकोट विष्ट गाउँकी २२ वर्षीया जमुना विष्टको लेक लागेर बिरामी भएपछि ज्यान गएको हो ।
सोमबार डोल्पाको काइके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेको बेला उनको मृत्यु भएको वडा अध्यक्ष नरसिंह विष्टले जानकारी दिए । यार्सागुम्बु टिप्न डोल्पाको नाउरे भन्ने स्थानमा पुगेको बेला लेक लागेर बिरामी भएपछि साथमा रहेकी कान्छी बहिनी सरस्वती विष्टसहित घर फर्कँदै गर्दा बाटोमै जमुनाको मृत्यु भएको अध्यक्ष विष्टको भनाइ छ ।
मृतक जमुनाको शव जिल्ला अस्पताल डोल्पामा ल्याएर पोस्टमार्टम गरिने र त्यसपछि गोतामकोट ल्याइने तयारी भइरहेको छ ।