सुर्खेत । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कं. लि. ले मुगुको छायानाथ रारा नगरपालिकामा कृषि, पशुपंक्षी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले जेठ ४ देखि ६ गते सम्म तालिम दिएको हो ।
तालिममा मुगुका विभिन्न स्थानिय तहबाट प्राविधिकहरुको सहभागिता रहेको थियो । तालिममा कृषि, पशुपन्छी तथा जडिबुटी बीमालेख लगायत बीमाका सिद्धान्त, जोखिम तथा जोखिम न्यूनीकरण र व्यवस्थापन, बीमा ऐनको बिषयमा तोकिएको पाठ्यक्रममा आधारित रहि बीमा अभिकर्ता तालिम तथा परिक्षा सम्पन्न गराईएको कम्पनीका कृषि विभाग प्रमुख तथा कार्यक्रम संयोजक उमेश ढकालले जानकारी दिए ।
तालिममा सहभागिहरुलाई तालिम सम्पन्न पश्चात परिक्षा लिई उर्तिण भएकाहरुलाई प्रमाण पत्र वितरण गरिएको सलिकोका कर्णाली प्रदेश प्रमुख विनित पौडेलले जानकारी दिए ।
तालिममा २३ जना सहभागि थिए तिमध्ये १५ जनालाई प्रमाणप्रत्र प्रदान गरिएको प्रदेश प्रमुख पौडेलले जानकारी दिए ।
कार्यक्रममा कम्पनीका सहायक प्रबन्धक सुजन खकुरेल, कृषि विभाग प्रमुख उमेश ढकाल, कर्णाली प्रदेश प्रमुख विनित पौडेलका साथै मुगु शाखाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।