सुर्खेत । बांगेसिमल प्रहरी पोष्टबाट गस्तिमा खटिएका प्रहरीले सुकुटी ८ किलो ४२ ग्राम सुकुटी बरामद गरेका छन् । सुकुटी ल्याएर आउनेहरु फरार भएपछि सुकुटी बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरी सहायक निरीक्षक (असई) कुबेर बहादुर शाहीको नेतृत्वको टोलीले विहिबार राती ९ बजेतिर प्रहरीले वीरेन्द्रनगर नगरपालिका–२ फलाटे सुकुटी बरामद गरेको थियो । सुकुटी बरामद गरेपनि ओसारपसारमा संलग्न व्यक्ति भने पक्राउ परेनन् । उनिहरुलाई प्रहरीका असईले मिलेमतो गरि छोडिदिएको स्थानीय स्रोतले जनाएको छ ।
स्रोतले दिएको जानकारी अनुसार प्रहरीले सुकुटीको परिमाण पनि घटाएको छ । स्रोतको दावी अनुसार कम्तिमा ३० किलो सुकुटी भएको जनाएको छ ।
सुकुटी बरामदपछि जिल्ला प्रहरी कार्यालयमा ल्याएर शुक्रबार डिभिजन वन कार्यालयमा आवश्यक कार्वाहीका लागि बुझाईएको सुर्खेतका प्रहरी प्रमुख (एसपी) रुपेश खड्काले बताए ।
डिभिजन वन कार्यालयले ल्याव परिक्षण गरेपश्चात मात्रै सुकुटी केकाे हाे भन्ने खुल्ने जनाएको छ।