काठमाडौँ । नेपाल आलय निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। बुधबार बिहान एक बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा दुईरदुई रुपैयाँ घटाएको हो।
भारतीय आलय कर्पोरेसन (आइओसी) ले पठाएको मूल्य सूची अनुसार निगमले नयाँ मूल्य तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ०.०२ रुपैयाँ र डिजेलमा २ रुपैयाँ ४५ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ।
त्यस्तै हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा एक रूपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ बढेको छ। निगमले पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखेको छ।