सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने भएका छन्। केहीबेरमा बस्ने सभालाई सम्बोधन गरेर राजीनामा दिने शर्मा निकट स्रोतले जनाएको छ।
नेकपा एमालेको नेतृत्वमा सरकार गठन गर्नेगरि राजीनामा दिने भएका हुन्।
शर्माले मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका थिए। केन्द्रीय नेतृत्वको दवाव पछि मंगलबार स्थगित भएको सभाको बैठक आज बस्ने भनिएको थियो।
केन्द्रीय समीकरण अनुसार कर्णालीमा एमाले नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो। तर, शर्माले आफूले विश्वासको मत लिएर मात्रै राजीनामा दिने अडान गरेका गरेका थिए।
अब एमाले संसदीय दलको नेता समेत रहेका यामलाल कँडेल मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने जनाइएको छ।