मालती वि.क.
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ५ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । शनिबार नेपाली कांग्रेसको वडा कार्यसमितिले उनिहरुलाई औपचारिक कार्यक्रम आयोजना गरि सम्मान गरेको हो ।
पार्टीको वडा सम्मेलनका अवसरमा ८० वर्ष उमेर समूह भन्दा माथीका ६० जना ज्येष्ठ नागरिकलाई फलफूल र दोसला सहित सम्मान गरेको वडाका कार्याबहाक सभापति ध्रुवकुमार शाहीले जानकारी दिए ।
कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका उपसभापति विष्णु खड्काको प्रमुख आथित्यता रहेको थियो ।
साथै, उक्त सम्मेलनमा पार्टीको क्रियाशिल सदस्य, प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।