काठमाडौ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा बनेको विधेयक प्रतिनिधिसभा बैठकमा पेस भएको छ । संघीय मामिला मन्त्री भानुभक्त जोशीले बिहीबार प्रतिनिधिसभामा पेस गरेका हुन् ।
प्रतिनिधिसभामा पेश गर्नु अघि मन्त्री जोशीले बुधबार संघीय मन्त्रालयमा विधेयको सन्दर्भमा संघीय सचिव विनोद प्रकाश सिंहसहित सम्बन्धित महाशाखाका कर्मचारीसँग मन्त्रालयमै बैठक राखेर लामो छलफल गरेका थिए ।
कर्मचारीहरुले विधेयका सबै प्रावधानहरुका विषयमा मन्त्री जोशीलाई दफावार रुपमा ‘बिफ्रिङ’ गरेका थिए । मन्त्री भएर आएपछि जोशीले विधेयकका बारेमा छलफल गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले २०७५ माघमा प्रतिनिधिसभामा दर्ता गरेको निजामती विधेयक बिचैमा तुहिएपछि लामो समयको कसरतमा आज दोस्रो पटक दर्ता भएको हो ।