सुर्खेत। प्रादेशिक अस्पताल सुर्खेतमा एक सुत्केरीकाे मृत्यु भएकाे छ। आइतबार विहान उपचारकाे क्रममा उनकाे मृत्यु भएकाे हाे।
बाजुराकाे जगन्नाथ गाउँपालिका- २ की २८ वर्षीया सुकिली सार्कीको उपचारको क्रममा ज्यान गएको हो । अस्पतालमा उनको अपरेसन गरेर मृत जुम्ल्याहा बच्चा निकालिएको थियो ।
गम्भीर अवस्थामा अस्पताल आइपुगेको उनको अपरेसन भएपनि आइतबार बिहान ६ बजे मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतकी वरिष्ठ नर्सिङ अधिकृत दिपा भट्टराईले बताइन् ।
परिवारका अनुसार उनलाई गर्भवती अवस्थामा उच्च रक्तचाप र शरीर काँप्ने समस्या देखिएको थियो ।
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति गराउन नसकिने अवस्था भएपछि सुकिलीलाई हेलिकप्टरमार्फत् शनिबार विहान १० बजे सुर्खेत ल्याइएको थियो ।