काठमाडाैं। माघ २२ गते देशभरका सिनेमा हल बन्द हुने नेपाल चलचित्र संघले जनाएको छ। चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा सिनेमा हल बन्द गरिने भएकाे हाे।
नेपाल चलचित्र संघले मंगलबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अव्यावहारिक करहरुको खारेजीको माग गर्दै सांकेतिक रूपमा आगामी माघ २२ गत सोमबार मुलुकभरका चलचित्र घरहरू बन्द गर्ने निर्णय भएको छ।’
संघले मूल्य अभिवृद्धि करबाहेकका कर खारेजीको माग गरेको छ।
अहिले नेपालमा १५० सिनेमा हल सञ्चालनमा छन्।