सुर्खेत । वीरेन्द्रनगरमा तीस क्यू फिट सालको काठ बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आईतबार अवैध रुपमा सालको काठ ल्याइएको भन्ने सूचना पाएसँगै प्रहरी हवल्दार टिकाराम आचार्यको कमाण्डमा खटिएको सादा पोसाकको प्रहरी टोलीले उक्त काठ बरामद गरेको जनाएको छ ।
वीरेन्द्रनगर ३ मूलपानीमा रहेको प्रशान्त फर्निचर उद्योग बाहिर काठ बरामद गरिएको हो । प्रहरी आएको थाहा पाएपछि काठ ल्याउने व्यक्ति काठ छोडेर फरार भएको प्रहरीले जनाएको छ ।