सुर्खेत। पञ्चकोशी यातायात समितिले नयाँ कार्यसमिति चयन गरेको छ। समितिको शनिबार भएको चौंथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट विश्व थापाको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हाे।
समितिको उपाध्यक्षमा किशोर थापा, महासचिवमा देवकुमार खड्का, सचिवमा नविन शाही, कोषाध्यक्षमा पारस क्षेष्ठ, सहकोषाध्यक्षमा भिमबहादुर नेपाली चयन भएका छन्।
यस्तै सदस्यमा रिदेश विक, नन्दबहादुर बुढाथोकी, पुर्णबहादुर विक, राजु विक र दिलकुमार आङद्रोम्बे चयन भएका छन्।
समितिमा आवद्ध सबै सदस्यहरूलाई शेयर प्रदान गर्ने सुर्खेतकाे पहिलाे यातायात समिति रहेकाे उनिहरूकाे दावी छ ।