काठमाडौं। गृह मन्त्रालयले ललितपुरकाे बालकुमारीमा भएकाे घटना र त्यहाँ भएको प्रदर्शन लगायतका विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
डीआइजी लाममणि आचार्यको संयोजकत्वमा गठित समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य रहने गरी समिति गठन भएकाे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहार कमल गिरीले जानकारी दिए।
उनीहरुलाई सात दिन भित्र घटनाको छानबिन गरी प्रतिवेदन दिन भनिएको छ ।
कोरिया भाषा परीक्षामाको आवदेन दिन नपाएको भन्दै आक्रोशित समूहले शुक्रबार बिहान सातदोबाटो क्षेत्रमा प्रदर्शन गर्दै भौतिक योजना तथा यातायातमन्त्रीको गाडी जलाएको थियो ।
आन्दाेलनका क्रममा घाइते भएका दुई जना युवाको उपचारका क्रममा मृत्यु भइसकेको छ । अन्य केही घाइते छन् भने । चार दर्जनभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।