डोल्पा । हिमाली जिल्ला डोल्पामा करेन्ट लागेर ११ वर्षीया बालिका घाइते भएकी छन्। रुकुम पश्चिम आठबिसकोट नगरपालिका-४ का मनकुमारी विष्ट घाइते भएकी हुन्।
उनी बुधबार दिउँसो तिप्ला खोला नजिकै जस्ताको टहरामा उक्लेर ट्रान्सर्फमरको तार समातेछि सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। करेन्ट लागेर घाइते बालिकाको दाहिने हात पोलेको र जिल्ला अस्पतालमा उपचार भइरहेको डाक्टर अखण्ड उपाध्यायले बताए।
एक सातामै विद्युतिय पोलाइको घटना दोहोरिएकाले अभिभावकले आफ्ना बालबालिकालाई सचेत गराउन डाक्टर उपाध्यायले आग्रह गरे। ट्रान्सर्फमरको तारमा झुण्डिएकी घाइते बालिकालाई अन्य मान्छेले देखेपछि उद्वार गरेका थिए।
केही दिन अघिमात्र विद्युत प्राधिकरणले राखेको ट्रान्सर्फमरबाट करेन्ट लागेर ठूलीभेरी नगरपालिका-७ बस्ने ८ वर्षीया साजना शाही गम्भीर घाइते भएकी थिइन्। डोल्पामा उपचार हुन नसकेपछि अहिले शाहीको काठमाडौंमा उपचार भइरहेको छ।