काठमाडौँ । कलाकार प्रकाश पाठकको निधन भएको छ । ७९ वर्षीय पाठकको मंगलबार बिहान ललितपुरको जावलाखेलस्थित आफ्नै निवासमा निधन भएको हो ।
मायालु, तिलहरी, गोपीकृष्ण, टुहुरो, बन्धन लगायतका हिट फिल्ममा अभिनय गरेका पाठकको शवलाई पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कार अगाडि शवलाई चलचित्र कलाकार सङ्घको झन्डा ओढाएर श्रद्धाञ्जली दिइएको थियो ।
चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, सल्लाहकार दिनेश डिसी, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, महासचिव सविन श्रेष्ठ लगायतले शवलाई सङ्घको झन्डा ओढाएका थिए । उनको शवमा छोराले दागबत्ती दिए ।