सुर्खेत । गैरसरकारी संस्था (गैसस) महासंघ नेपालले सुर्खेतको वीरेन्द्रनगरमा नागरिक सम्मेलन गर्ने भएको छ । यही मङ्सिर २९ र ३० गते जिल्ला समन्वय समितिको सभाहलमा सम्मेलन आयोजना हुन लागेको जनाइएको छ ।
सम्पूर्ण नागरिक संगठन तथा सञ्जालहरुको समेत साझामञ्चको भुमिका निवाह गर्न यस महासंघको नागरिक सम्मेलन गर्न लागिएको आयोजकले जनाएको छ ।
सम्मेलनमा सामाजिक संघसंस्थाका सवाल र नागरिक स्वतन्त्रता, जलवायु परिवर्तन र विपद व्यवस्थापन, बालअधिकार र नीतिगत सवाल जस्ता विषयमा बृहत छलफल हुने जनाइएको छ ।
सम्मेलनको प्रमुख अतिथी मुख्यमन्त्री कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा र सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेल हुनेछन् ।