सुर्खेत । सुर्खेतमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१२ पदमपुर बस्ने वर्ष ३२ का विकास खड्का र सोही ठाउँका वर्ष २५ का ललित खत्री रहेका छन् ।
उनीहरुलाई तालुक कर्णाली प्रदेश प्रहरी लागूऔषध ब्युरोबाट खटिएको ५ जना प्रहरीको टोलीले पक्राउ गरेको हो । ललितको घरमा शंका लागि चेकजाँच गर्दा उनी सुत्ने कोठाको खाट मुनि लुकाई छिपाई राखेको ४ पुरिया र सँगै रहेका खड्काको साथबाट १ पुरिया गरी जम्मा ५ पुरिया लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरीएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
साथै उनीहरु दुईजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।