सुर्खेत। कर्णाली प्रदेशका बालबालिकाले पहिलोपटक संसदीय अभ्यास गरेका छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा उनीहरूले संसदीय अभ्यास गरेका हुन्।
बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेश र प्रदेश सभा सचिवालयको आयोजना तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बालबालिकाहरूलाई संसदीय अभ्यासमा सहभागी गराइएको हो।
शनिबार २१ सदस्य नमूना बाल संसद बनाएर बालबालिकाहरूबीच संसदीय अभ्यास गरिएको हो।
संसद निर्माण, संसदभित्र उठाइने विषय, गरिने व्यवहार, बैठक प्रक्रिया, कानुन निर्माण प्रक्रिया, बजेट पारित गर्ने प्रक्रिया, संसद आह्वान तथा अन्त्यको विषयमा बालबालिकाहरूलाई अभ्यास गराइएको हो।
नमूना बाल संसदमा कर्णाली प्रदेशका १० जिल्लाबाट २१ जना बालबालिका सहभागी थिए।
उनीहरूले कात्तिक ६ गतेदेखि ८ गतेसम्म यससम्बन्धी प्रशिक्षण पनि दिइएको थियो।