काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कविहीन २६ प्रहरीलाई सम्पर्कमा आउन निर्देशन गरेको छ ।
कार्यालयले आज सार्वजनिक सूचना जारी गर्नै कुनै जानकारी बिना विभिन्न पदमा कार्यरत २६ जना प्रहरी सम्पर्कविहीन भएपछि सात दिनभित्र सम्पर्कमा आउन निर्देशन गरेको हो । सूचना प्रकाशित भएको सात दिनभित्र गैरहाजिर रहनुको स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिँदै उपस्थित नभएमा सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ।
कार्यालयले आफूखुसी गैरहाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को ९२० बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको उल्लेख गरेको छ ।