दैलेख। दैलेखकाे दुल्लू नगरपालिकाले भुकम्प प्रभावित क्षत्रकाे विपद व्यवस्थापन काेषमा पाँच लाख रूपैँया सहयाेग गर्ने भएकाे छ। आज बसेकाे बैठकबाट जाजरकाेट र रूकुम पश्चिमकाे विपद व्यवस्थापन काेषमा उक्त रकम सहयाेग गर्ने निर्णय भएकाे नगरप्रमुख भरतप्रसाद रिजालले बताए ।
उनका अनुसार जाजारकोटको विपद् व्यवस्थापन कोषमा २ लाख ५० हजार र रुकुम पश्चिमको विपद् व्यवस्थापन कोषमा २ लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको हो ।
यस्तै नगरपालिकाले भूकम्पमा परी मृत्यु हुने दुल्लु नगरपालिका वडा नम्बर १३ की एलिना भण्डारी र दुल्लु ६ का प्रज्वल शाहीको परिवारलाई क्रिया खर्च बापत जनही २५/२५ हजार दिने निर्णय पनि गरेको छ ।
बैठकले शोक प्रस्ताव समेत पारित गरेकाे छ।