सुर्खेत । सूर्य नेपाल प्रालि काठमाण्डौंले जाजरकोटका भुकम्प पीडितलाई ४५ लाख बराबरको राहत सामाग्री सहयोग गरेको छ।
सूर्य नेपालले शुक्रवार जाजरकोटकोे रामीडाँडा केन्द्र विन्दु भएर गएको भुकम्पबाट पीडित बनेका नागरिकका लागि पाँच सय बोरा चामल, ८५ बोरा दाल, पाँच सय थान ब्लाङ्केट र पाँच सय थान त्रिपालसहितको राहत सामाग्री सहयोग गरेको हो।
उक्त राहत सामाग्री सूर्य नेपाल कर्णाली प्रदेश इन्चार्ज विदुर अधिकारी र क्षेत्रिय प्रवधन्क सुवास चन्द बरालले जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मालाई हस्तान्तरण गरेका हुन्।