सुर्खेत । शुक्रबार राती ११ः४७ मा जाजरकोट केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भुकम्पले जाजरकोटलाई क्षती पुर्याएको छ । भुकम्पबाट क्षती के कति भयो भन्ने प्रारम्भिक विवरणहरु संकलन कार्य भईरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।
‘हामी क्षतीको बारेमा बुझ्दैछौं । रातीको समय भएकोले पनि विवरण बुझ्न कठिन भईरहेको छ ।’ प्रजिअ सुनारले भने, ‘सदरमुकाम बाहेकका अन्य क्षेत्रमा टेलिफोन सम्पर्क समेत हुन सकेको छैन । जिल्लाका विभिन्न ठाउँका पुराना घरहरु भत्किएको भन्ने प्रारम्भिक विवरण आएको छ ।’
स्थानीयका अनुसार केही घरहरू पूर्ण रूपमा क्षती भएका छन्। जमिन समेत चर्किएकाे छ। मानवीय क्षती लगायतका विवरण आउन सकेकाे छैन । भुकम्प पछि मानिसहरू घरबाहिर निस्किएका छन्।