सुर्खेत। सुर्खेतमा व्यावसायिक रूपमा फूल (पुष्प) खेती गर्दै आएका किसानहरू संगठित भएका छन्। शुक्रवार वीरेन्द्रनगरमा व्यावसायीहरुको भेलाले हिरा वहादुर घर्तीको अध्यक्षतामा नेपाल पुष्प व्यवसायी संघ सुर्खेत गठन गरेको हाे ।
कार्यसमितिकाे उपाध्यक्ष उविसरा थापा, सचिव विनोद शर्मा, सहसचिव अशोक चौधरी र कोषाध्यक्ष रुवि आचार्य रहेका छन् ।
यस्तै सदस्यहरुमा रामप्रसाद भण्डारी, मान वहादुर राना, परसुराम धमला, रीता भारती, कृष्ण शर्मा, समिर खत्री, हिमानी कोइराला र रमेश विसी रहेका छन् ।
व्यवसायिक रुपमा उत्पादन सुरु भएपनि व्यवसायिक समस्या छलफल गर्ने ठाउ तथा समस्या पैरवी गर्ने संस्था नभएकाले आफुहरु संगठित भएको उनीहरुको भनाई छ ।
एउटै वस्तु उत्पादन गर्दे आएका व्यवसायीहरुको वजारी करणका लागी तथा हक अधिकार संरक्षण गर्नका लागी आफुहरु संगठित भएको अध्यक्ष हिरा वहादुर घर्तीले बताए । सुर्खेतमा नै उत्पादन भएको फुलको प्रयोग गर्न तथा प्लास्टीक जन्य माला आयातमा रोक लगाउन सघले माग गरेको उनको भनाई छ ।
व्यावसायीक रुपमा उत्पादन भएपनि फुलको वजारमा मुल्य एकरुपता नभएका ले थोक तथा खुद्रा मुल्य निर्धारण गरिएको अध्यक्ष घर्तीले बताए ।
उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दे थोकमा प्रती केजी २सय ५० देखी ३ सय सम्म उपलब्ध गराइने उनले बताए । न्युनतम खरिदको आधार बनाएर सो मुल्यमा फुल उपलब्ध गराउने निर्णय गरिएकाे समेत जानकारी दिए।
कार्यक्रममा लघु औद्योगिक ग्रामका अध्यक्ष उदीराम डागीले कम लगानीमा उत्पादन बढाउन आग्रह गरे । तिहार लक्षित मात्रै भन्दा फुलका अन्य उत्पादनका लागी समेत ध्यान दिनुपर्ने बताए । सुर्खेतमा १२ महीना नै फुलको उत्पादन आवश्यक रहेकाले किसानले त्यसतर्फ ध्यान दिन सुझाव दिए। फुलको प्रयोग वढाई प्लास्टीक जन्य वस्तु घटाउन आफुले सक्दो सहयोग गर्ने उनको भनाई थियो ।
युवा वैज्ञानिक राजेन्द्र विष्टले फुलबाट विभिन्न किसिमका सुगन्धित तेल निर्माण गरिने भएकाले उत्पादन कर्ताले तिहार लक्षित मात्रै नभइ निर्यातका लागी ठुलो मात्रमा उत्पादन गरिनु पर्ने बताए । उत्पादन बढे पछि बजारका लागि समेत सहज हुने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए ।
कार्यक्रममा व्यावसायिक रुपमा फुल खेती गर्दे आएका ३० जना बढी किसानको सहभागिता रहेको थियो ।