बाँके। रिगल भनिने याेगप्रसाद ढकाल प्रहरी नियन्त्रणमा परेका छन्। मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलेले दिएकाे कैद मिनाह आज सर्वाेच्च अदालतले बदर गरिदिएपछि रिगललाइ पुनः पक्राउ गर्न परमादेश दिएकाे थियाे। उक्त आदेश पछि रिगल आफै प्रहरीकाे सम्पर्कमा गएका हुन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराका अनुसार उनि अहिले प्रहरी नियन्त्रणमा छन्।
सर्वोच्चका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा गरेको कैद मिनाहलाई कानुन विपरित भएको ठहर गर्दै बदर गरिदिएको हो ।
खुँडाले मान्छे काट्नेजस्तो जघन्य अपराधमा सजाय पाएका व्यक्तिको ६० प्रतिशत कैद मिनाह गर्ने राष्ट्रपतिको कदमले संविधान र विधिको शासनको धज्जी उडेको भन्दै भारतीले कसुरदारलाई पुनः कैद गरिपाऊँ भनी रिट दायर गरेकी थिइन्।