काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन दक्षिण पूर्वी एसिया क्षेत्रले टाइफाइडविरुद्धको खोप राष्ट्रिय खोप तालिकामा समावेश गर्ने निर्णय गरेको छ। क्षेत्रको सोमवार बसेको बैठकले सो निर्णय गरेको हो।
बैठकले नेपाललाई टाइफाइडमुक्त बनाउन टाइफाइडविरुद्धको खोपलाई राष्ट्रिय खोप तालिकामा नियमित समावेश गराउने निर्णय गरेको छ। नेपालमा प्रत्येक १० लाख जनसङ्ख्यामा सयजना टाइफाइडका कारण सङ्क्रमित हुने गरेका छन्।गाभीको तथ्याङ्क अनुसार नेपालमा १५ वर्ष मुनिका बालबालिकामा ११ गुणा बढी टाइफाइडको सङ्क्रमण देखिएको छ।
टाइफाइड दूषित खानेपानीमा हुने साल्मोनेला इन्टेरिका सेरोभर टाइफी नामक किटाणुले हुने गर्छ।