काठमाडौं । इजरायलमा रहेका नेपालीलाई नेपाल फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज त्यसतर्फ जाने भएको छ। बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज उड्न लागेको परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार दुबईमा ट्रान्जिट गरी इजरायलका लागि नेपाल एयरलाइन्सको जहाज उड्न लागेको हो। घर फर्किन चाहने नेपालीहरू ३५० भन्दा बढी तेल अभिभस्थित नेपाली दूतावासको सम्पर्कमा छन्।
यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने ठाउँमा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी लर्न एन्ड अर्नु कार्यक्रमअन्तर्गत इजरायल गएकामध्ये १० जना नेपाली विद्यार्थी मारिएका थिए ।