सुर्खेत। सुर्खेतमा पनि अर्न्तराष्ट्रय ज्येष्ठ नागरिक दिवस मनाइएकाे छ। मधुमेह राेगकाे निशुल्क परिक्षण शिविर सञ्चालन गरी दिवस मनाइएकाे हाे।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ काे समन्वयमा लायन्स क्लब अफ इत्राम, बुलबुले, भैरवस्थान, सुर्खेत सेरोफेरोकाे संयुक्त आयोजनामा शिविर सञ्चालन भएकाे हाे।
लायन्स बिष्णु गुरुङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य एवम सामाजिक विकास समिति सभापति घनश्याम भण्डारी, वडा नं. ७ का अध्यक्ष ध्रुव चपाइ लगायतकाे आतिथ्यता रहेकाे थियाे ।