सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीकाे नाम टुंगाे लगाएकाे छ । कांग्रेसले तीन जना मन्त्रीकाे नाम मुख्यमन्त्री राजकुमार शर्मालाई मंगलबार बुझाएकाे हाे ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सुर्खेत- क´बाट निर्वाचित सांसद खड्कबहादुर पाेखरेल, जाजरकाेट प्रदेशसभा ‘क´बाट निर्वाचित बेदराज सिंह र दैलेख-१ `ख´बाट निर्वाचित सांसद कृष्णकुमार विसीलाई मन्त्रीका लागि सिफारिस गरेका हुन् ।
पाेखरेल सामाजिक विकास मन्त्री, सिंहलाई आर्थिक मामिला तथा याेजना मन्त्री र विसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुनेछन् ।
कांग्रेस र माओवादी केन्द्रवीच भएकाे सहमति अनुसार सरकारकाे नेतृत्व आधा-आधा कार्यकाल गर्ने, २०७८ बैशाखमा भएकाे सहमति अनुसार मन्त्रालयकाे संख्या मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयसहित आठ कायम गर्ने सहमति भएकाे थियाे ।
साे सहमती कार्यान्वयन गर्नका लागि मंगलबार मन्त्रिपरिषद् बैठक बस्दैछ । त्यस लगत्तै कांग्रेसबाट सिफारिस भएका मन्त्रीहरूलाई पद तथा गाेपनीयताकाे सपथ खाने छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित शिर्षकहरु