सुर्खेत। सुर्खेतमा कर्णाली उत्सव शुक्रबारदेखि सुरु भएको छ । कर्णालीको आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरणका लागि गन्थन, मन्थन र चिन्तन गर्ने साझा थलोको रुपमा लिइएको कुडा कर्नाली नामक कर्णाली उत्सवको मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरेका छन् । ऋति फाउण्डेसनको आयोजनामा सञ्चालित उत्सव विभिन्न १६ वटा विषयगत सत्रहरुमा छलफल सहित तीन दिनसम्म सञ्चालन हुने छ । उत्सवको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री शर्माले संविधान कार्यान्वयनका विषयमा जिम्मेवार बन्न आग्रह गरे । उनले तीन वटै तहका सरकारहरू संविधान कार्यान्वनमा जिम्मेवार बन्न आवश्यक रहेको भन्दै सबैलाई जिम्मेवार बन्न आग्रह गरेका हुन् । उनले बहस बिना निर्माण गरिएको नीतिहरु जनतासम्म पुग्ने कुरा जटिल हुने बताए । ‘त्यसैले कहीं कतै थालनी गरेका कुरामा समस्या हुन थालिएको छ।’ उनले भने, ’यो बहसले सम्वृद्ध कर्णाली निर्माण मा टेवा पुग्ने विश्वास व्यक्त गर्दछु ।’ समाजवाद कुन चरीको नाम हो? उँहाले प्रश्न गर्दै भन्नुभयो ‘हामी सबैले चाहेको समाजवाद सुख हो, खुशी हो । सुख हाम्रो आर्थिक सम्पन्नता र खुशी समाजमा भएका विभेदहरु विरुद्धको न्यायसँग जोडिएको छ ।’ कर्णालीका प्राकृतिक सम्पतिको व्यवस्थापन सही तरिकाले गर्ने काममा केन्द्रित हुनुपर्ने बताए । उनले हरेक नेपाली नागरिकले राष्ट्रप्रतिको दायित्व बोध कसरी गर्छ भने कुराले पनि समृद्धिलाई जोड्ने बताए । ‘समाजवाद म्याराथुन दौड हो। कर्णाली यो दौडमा पछाडि छ। यसरी पिछडिएका क्षेत्रका जनसंख्यालाई कसरी अगाडि बढ्नु पर्छ भन्ने हो ।’ उनले भने, ‘शिक्षा, स्वास्थ र रोजगार, त्यसका लागि पूर्वाधार भन्ने मूल ध्येयका साथ लाग्न आवश्यक छ ।’ कर्णाली पेरीफेरिका वस्तुलाई सही तरिकाले उपयोग गर्न सक्ने दक्ष जनशक्तिको आवश्यकता रहेको बताउनुभयो उनले त्यस अनुसारको शिक्षा सुधार गर्नु परने बताए । वित्तीय संघीयताको हिसावले कर्णाली अझ पछाडि परेको भन्दै अझ डरलाग्दो अवस्था प्रशासनिक संघीयता रहेको बताए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित शिर्षकहरु