सुर्खेत । दोल्ती पाउर कम्पनी लिमिटेडले दैलेख जिल्लाका स्थानयि बासीन्दाहरुका लागि शेयर बिक्रि खुलला गरेको छ । कम्पनीले आज सूचना जारी गर्दै शेयर बिक्रि खुल्ला गरिएको जनाएको हो ।
कम्पनीले दैलेखका लागि एक सय अंकित दरका पाँच लाख ३६ हजार चार सय ८६ कित्ता शेयर बिक्रियमा राखेको छ । त्यसमध्ये आयोजना अति प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा नं. ४ कालिका तथा वडा नं. ५ नौमुलेका लागि ५० प्रतिशत र ती बाहेकका दैलेख जिल्लाका अन्य स्थानीयका लागि बााकी ५० प्रतिशत शेयर छुट्याएको कम्पनीले जनाएको छ ।
शेयर खरिद गर्न न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिनेछ । यसका लागि फागुन ८ देखि २५ गतेसम्म शेयर खरिदको आवेदन दिइसक्नुपर्नेछ ।
शेयर खरिदका लागि आयोजना तोकिएको संकलन केन्द्रहरुमा पुगी आवेदन फाराम बुझाउनुपर्नेछ ।