सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीलाई तोकिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रवक्ताको जिम्मेवारी जिसीलाई दिने निर्णय गरेको हो ।
‘कर्णाली प्रदेश मन्त्रिपरिषद् सम्बन्धि कार्यविधि, २०७४’ अनुसार मन्त्रिपरिषद्को पहिलो बैठकबाटै प्रवक्ता तोक्नुपर्ने थियो । तर, धेरै ढिलोगरी सरकारको प्रवक्ताको जिम्मा जिसीलाइ दिइएको हो । यससम्बन्धी शिलापपेरले समाचार प्रकाशन समेत गरेको थियो ।