काठमाडाैं । रसुवा प्रदेश ‘क’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कुलप्रसाद भट्टले चार हजार ७७२ मत प्राप्त गरेका छन्।
तामाङले आफ्ना प्रतिद्वन्द्वीभन्दा तीन हजार ४१४ मत बढी प्राप्त गरेकाे निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए। उक्त क्षेत्रमा एक स्वतन्त्र महिलासहित आठजना उम्मेदवार थिए। उक्त क्षेत्रमा १३ हजार ६५५ मत खसेकामा १३ हजार २८७ मत सदर भएको थियो ।