सुर्खेत । कर्णाली नदीको किनारमा तीन जिल्लाका सुरक्षा निकायको बैठक बसेको छ । बिहिबार कर्णाली नदीको आठबीस नगरपालिका क्षेत्रमा पर्ने नदी किनारमा बैठक बसेको हो । बैठकमा दैलेख, कालीकोट र सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा बैठक बसेको थियो । बैठक आसन्न मंसिर ४ गते हुने निर्वाचन र विपद् व्यवस्थापन लगायका विषयमा केन्द्रित रहेको प्रजिअ हमालले जनाए ।