सुर्खेत। रुकुम पश्चिममा पहिरोले पुरिंदा आमा र छोरीको मृत्यु भएको छ।
जाजरकोट भेरी नगरपालिका– १ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया प्रतीक्षा रानाको मृत्यु भएको र बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते भएकी हुन् ।
तिर्सनाको जाजकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए ।