काठमाडौं। निर्वाचन आयोगले आइतबारदेखि निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको छ। आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ताको आह्वान गरेको हो।
यसअघि दर्ता भएका दलहरु निर्वाचन प्रयोजनका लागि पुन: दर्ता गर्नुपर्ने हुन्छ। आयोगका अनुसार ११६ राजनीतिक दल दर्ता भएका छन्। सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति तोकेको छ।