काठमाडौं। नेकपा माओवादी केन्द्रको मंगलबारदेखि विधान अधिवेशन सुरू भएको छ । अधिवेशनमा प्रस्तावित मस्यौदा विधानमाथि छलफल गर्न २० समूह बनाएर छुट्टाछुट्टै स्थानमा छलफल गर्ने व्यवस्था गरेको छ ।
एउटा समूहमा सहभागीमध्येबाट ५० देखि ५५ जना रहने र समूहमा भएको छलफलको निष्कर्ष टोली नेताहरुले हलमा पेस गर्नेछन् । समूहहरूले प्रज्ञाभवनको हल, नाचघर जमलको हल र पार्टी कार्यालय पेरिसडाँडामा मस्यौदा विधानमाथि छलफल गर्नेछन् ।
समूहमा भोलि दिउँसो साढे १ बजेसम्म समूहमा छलफल हुनेछ भने भोलि दिउँसो २ बजेबाट बैठक सुरु हुनेछ ।