सुर्खेत । नेपाल प्रहरी श्रीमती संघद्वारा भूकम्प पीडितहरुका लागि राहात वितरण कार्यक्रम गरिएको छ । संघको केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवर लगायतको उपस्थितिमा राहात सामाग्री हस्तान्तरण गरिएको हो ।
जाजरकोटको भेरी नगरपालिका–१ राउत गाउँका ४२ सुत्केरी महिला, ५० विद्यार्थी, ३१ मृतकका आफन्त, र चार ज्येष्ठ नागरिक गरी १२७ घरपरिवार र रूकुम पश्चिम आठबिसकोट नगरपालिका – १४ छेपारेमा ४२ मृतकका २८ घरपरिवारलाई राहात सामाग्री वितरण गरिएको जनाइएको छ ।
भूकम्पबाट पीडित भएका विद्यार्थीहरूको लागि झोला, कापी र कलम साथै अन्य घर परिवारलाई थर्मस, बल्याङ्केट, मोजा, ट्राउजर, मण्डी, टोपी स्विटर र ब्त्रगबदयह वितरण गरिएको छ ।
राहात वितरणको क्रममा अध्यक्ष कुँवरले मानविय सहयोगबाट आपसी सद्भाव, एकता र राष्ट्रिय भावनाको विकास हुने विश्वास व्यक्त गरिन् ।
भूकम्प पीडित परिवारलाई तत्काल राहात प्रदान गर्न नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट रू ५ लाख ५५ हजार ५ सय ५५ रूपैँया उपलब्ध गराईएको जानकारी दिईन् ।