दैलेख (गैडाबाज)। कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसीले गरिबी र बेरोजगारीलाई अन्त्य गर्न सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका छन्। महाबु गाउँपालिकामा आयोजित गाउँपालिका स्तरीय अन्तर विद्यालय अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र कृषि मेला प्रदर्शनी कार्यक्रममा बोल्दै मन्त्री बिसीले राजनीतिक दलहरुको सक्रियताका कारण समाज परिवर्तनमा सहयोग पुगेको बताए।
गुणस्तरीय शिक्षा प्रदान गर्न अविभावक र शिक्षकको भूमिका महत्वपूर्ण हुने बताए। कार्यक्रमकाे प्रदर्शनीमा राखिएकाे वस्तुहरू प्रति उत्साह जनाउँदै उनले कृषिजन्य वस्तु उतपादन वृद्धि गर्न आग्रह गरे। रैथाने बालितर्फ केन्द्रित हुनुपर्ने उनको भनाई थियो।
महाबु गाउँपालिका मन्त्री बिसीको निर्वाचन क्षेत्र समेत हो। यसैक्रममा महाबुको विकासका लागि पहल गर्न आफु प्रतिबद्ध रहेकाे बताए। निर्वाचन हुँदाका बखत बोलेका प्रतिबद्धताहरु पूरा गर्ने जमर्को भइरहेको उनले स्पष्ट पारे।
सडक पुल निमार्णका कामहरुले तिब्रता पाइरहेकाे जानकारी गराए । महाबुलाई पर्यटकीय र जडीबुटीको हब बनाउन पहल गिरने उनले बताए । ‘महाबुधाममा पर्यटन पूर्वाधार निर्माण गर्न आवश्यक छ। महाबु धामलाई सम्पन्न बनाउन केन्द्रित हुन जरुरी छ।’ उनले भने,
साथै, पूर्वाधार, सिंचाई खानेपानी र सामाजिक विकासका काम गर्न प्रदेश सरकारबाट चालू आर्थिक वर्षमा कम्तीमा पाँच करोड रुपैयाँ विनियोजन भएको जानकारी गराए। उनले यसको पुस्ट्याईका बजेट किताब अध्ययन गर्न समेत सुझाब दिए।