काठमाडौं । नेपाली सेनाले एकै पटक १३८ जना अधिकृतहरुको सरुवा गरेको छ । सेनाको सैनिक सचिव विभागले मेजर, क्याप्टेन र लेफ्टिनेन्टको हरुको आजदेखि लागु हुनेगरी सरुवा गरेको हो ।
सरुवा सूची अनुसार ६० जना सेनानी, ६० जना सहसेनानी र १७ जना उपसेनानीको सरुवा भएको छ । अधिकृत सरुवा, काज नियुक्ति निर्देशिका २०७७, नेपाली सेनाको सांगठनिक पुनर्संरचना २०७८, युनिटहरुमा न्यूनतम हुनैपर्ने संख्यालाई प्राथमिकतामा राखी सरुवा गरिएको र मानवीय आधारमा सरुवाको लागि निवेदन प्राप्त भएकोलाई प्राथमिकतामा राखेर सरुवा गरिएको उल्लेख छ ।
उनीहरुलाई १५ दिनभित्र सम्बन्धित युनिटमा हाजिर हुन आदेश दिइएको छ ।