सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक “मिस्टर एन्ड मिस अफ द कर्णाली २०२३” सुरु हुने भएको छ । हिन्दुहरूको महान् चाड दसैँ र तिहारको अवसरमा प्लेईङ्ग फर चेन्ज,सुर्खेतको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
आज (शनिवार) कचहरी प्रेस क्लबमा पत्रकार सम्मेलनमा बोल्दै पहिलो अडिसन कार्तिक १ गते हुने प्लेईङ्ग फर चेन्ज,सुर्खेतका अध्यक्ष प्रकाश खड्काले जानकारी दिएका छन् । उनका अनुसार कार्यक्रम विभिन्न चरणमा सञ्चालन हुने छन् ।
जस्तै अडिसन राउन्ड, टे«निङ्ग, फोटो सुट, ट्यालेन्ड राउन्ड र फाइनल राउन्ड हुनेछ । “मिस्टर एन्ड मिस अफ द कर्णाली २०२३” को विजेताहरूलाई नगद रु ५० हजार, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व, विभिन्न सौर्यताको ५ दिने निःशुल्क तालिम, क्राउन, ट्रफि, स्लास र विभिन्न आकर्षक उपहारहरू, मिउजीक भिडियो, सर्ट मोभिहरु लगायतका विभिन्न अवसर प्रदान गरिने अध्यक्ष खड्काले बताए ।
यस कार्यक्रम भाग लिनका लागि सहभागीले फारम भर्नु पर्ने छ, भने फारम बापत रु ५०० शुल्क लाग्ने उनले जानकारी दिए । यस कार्यक्रम १४ देखि २४ वर्ष उमेर समुहकाहरुले भाग लिन पाउने छन् ।