सुर्खेत । कर्णाली प्रदेश सरकारले इजरायलमा ज्यान गुमाएकाको परिवारलाई तीन लाख रकम राहत दिने भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा ज्यान गुमाएका कर्णालीका नागरिकका परिवारलाई तीन लाख रकम दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।
मन्त्री जिसीका अनुसार प्रदेश सरकारले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना समेत प्रकट गरेको छ । असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिय भन्ने स्थानमा प्यालेस्टाइनी समूह हमासले गरेको आक्रमणमा परी कर्णालीबाट शारदा नगरपालिका–३, सल्यानका २४ वर्षीय प्रवेश भण्डारीको मृत्यु भएको थियो ।
यस्तै बैठकले इजरायलमा रहेका नागरिकको छिटो भन्दा छिटो उद्धार गर्न संघीय सरकारलाई कानुन मन्त्री जिसीले आग्रह गरेका छन ।