कोशी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आज बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश प्रमुख समक्ष राजीनामा दिने बताएका हुन् ।
सविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० औं दिन आज विश्वासको मत लिनुपर्ने छ । आफुलाई विश्वासको मत प्राप्त नहुने अवस्थालाई बुझ्दै राजीनामा दिने बताए ।
‘अहिलेको अङ्क गणितलाई ख्याल नगरी मतदान हुँदा मध्यावधि निर्वाचनमा जाने अवस्था छ ।’ उनले भने, ‘निर्वाचनमै जानुभन्दा अगाडी मार्ग प्रसस्त गर्न राजीनामा दिदै छु ।’