सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेको दुई जनाले मनोनयन फिर्ता लिएका छन् । निर्वाचन कमिटीका सदस्य हस्तराज रेग्मीका अनुसार अध्यक्षमा उम्मेदवारी दिएका राजबहादुर शाही र प्रेम बहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन् ।
उनिहरुले केही समय अगाडी आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।
यस्तै, सचिव पदमा उम्मेदवारी दिएका डण्डी शर्माले पनि मनोनयन फिर्ता लिएका छन् । अन्य पदाधिकारीमा भने यसअघि उम्मेदवारी दिएका कसैले पनि मनोनयन फिर्ता लिएका छैनन् ।
अब भने अध्यक्ष पदमा गुलावजंग शाह, मीनबहादुर शाही र प्रकाश रोकायबीच प्रतिस्पर्धा हुने छ भने सचिव पदमा रुद्रबहादुर शाही र ध्रुव शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।
सदस्य पदमा उम्मेदवारी दिएका भने केही फिर्ता लिएका छन् भने केही निर्विरोध निर्वाचित भएको जनाइएको छ ।
निर्वाचन कार्यतालिका अनुसार १२ः३० बजेदेखि मतदान हुने समय तोकिएको थियो । तर मनोनयन फिर्ता लिने समय थप गरेकोले मतदान प्रक्रिया ढिलाई भएको जनाइएको छ ।
अब भने ढिलोमा अपरान्ह चार बजेभित्र मतदान प्रक्रिया सुरु हुने निर्वाचन किमिटीले जनाएको छ ।