सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ। शुक्रबार साँझ भएको मनोनयन दर्तामा राजबहादुर शाही, मीनबहादुर शाही,गुलावजंग शाह, प्रेमबहादुर सिंह र प्रकाश रोकायाको उम्मेदवारी परेको हो।
उपाध्यक्षमा दानिसंह परियार र टेकराज पछाई र लालबहादुर महतराको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ।
यस्तै, सचिवमा रुद्रबहादुर शाही, डण्डी शर्मा र ध्रुवबहादुर शाहीको परेको छ।
उप–सचिव समावेशिमा मेनका पछाई र पद्मा खड्काको उम्मेदवारी परेको छ।
यस्तै, उप–सचिव खुलामा नारायणकुमार शाह, रविन्द्रराज शर्मा, रमेशकुमार शाही, बखतबहादुर भण्डारी, कमल शाही, धिरेन्द्रराज गिरी, तेजकुमार वि।कको उम्मेदवारी परेको छ।
यस्तै लेखा आयोगको अध्यक्षमा जितबहादुर मल्ल, दीर्घराज न्यौपाने र सुरज थापाको उम्मेदवारी परेको निर्वाचन कमिटीको कार्यालयले जनाएको छ।
उम्मेदवारी दर्तापश्चात केही उम्मेदवारहरुले भोट माग्न सुरु गरिसकेका छन् भने कोही कार्यक्रम स्थलमा भेटिएनन्। उम्मेदवार गुलावजंग शाहले टिम बनाएर नै भोट माग्न सुरु गरिसकेका छन्। यद्यपि अन्य उम्मेदवारहरुले भने शाहको जसरी भोट मागेको कार्यक्रम स्थलमा देखिएन् ।
शनिबार १२ः३० बजेदेखि मतदान सुरू हुने निर्वाचन कार्यतालिका छ।
६०४ प्रतिनिधिले १३५ सदस्यीय कमिटी निर्वाचित गर्ने छन्।